आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको उम्मेदवार चयन गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

बिहीबार, ११ फागुन २०७९, ०६ : ३१
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बिहान ११ बजेबाट सुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको भेटमा निर्वाचन अघिको गठबन्धन व्यूताउने समझदारी भएपछि  उत्साहित कांग्रेसले आज बस्ने कार्यकारिणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ ।  नाम भने बैठकबाट सार्वजनिक नगरिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेता एकमत देखिएका छन् । 

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप