मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

आदिल अन्सारी तीन लाख धरौटीमा छुटे

बिहीबार, ११ फागुन २०७९, १४ : ४८
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । नेपाल टी-ट्वान्टी लिगमा स्टप फिक्सिङको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका खेलाडी आदिल अन्सारी तीन लाख धरौटीमा छुटेका छन् । 

आदिलसँगै मेहबुब आलम पनि धरौटीमा छुटेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले आदिल धरौटीमा छुटेको जानकारी दिएका छन् । 

अदालतले बुधबार आदिललाई धरौटीमा छाड्ने फैसला गरेको थियो । 

‘आदिलसहित तीन जनालाई धरौटीमा छाडेको मैले जानकारी पाएको छु । क्रिकेट र स्पटको कुरामा अदालतले पूर्णरुपमा फैसला गर्न बाकी छ अहिले क्रिकेट खेल्ने विषयमा भन्न सकिँदैन, विनोद दासले रातोपाटीसँग भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप