आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक छ : उपेन्द्र यादव

बिहीबार, ११ फागुन २०७९, १७ : ५७
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई उपराष्ट्रपति दिन नेकपा माओवादी केन्द्र सकारात्मक रहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूसँगको छलफलपछि यादव उपराष्ट्रपति पाउनेमा आशावादी देखिएका हुन् ।

अहिलेको सरकार एमाले माओवादीलगायत दलको सहकार्यमा बनेको हो । त्यसको विषय के हो अब एउटा किनारा  लाग्नु प¥यो । त्यस विषयमा छलफल हुने छ ’ यादवले भने, ‘माओवादीहरू जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक हुनुहुन्छ । अहिले पुरानो र नयाँ कोर्ष भनेर प्रवेशगरी सकेको छैन ।’ 

सत्ता साझेदार दलहरूले स्पष्ट लाइन लिएपछि मात्रै  सबै कुरा टुंगो लाग्ने यादवले बताए । यादवले राष्ट्रपतिमा एमाले, कांग्रेस, एकीकृत समाजवादी लगायत दलबाट दाबी गरेको बताए । प्रधानमन्त्री प्रचण्ड कांग्रेसलाई समेत समेटेर राष्ट्रपति बनाउन खोजेकाले सहमति हुन नसकेको यादवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप