मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बार्सिलोनालाई हराउँदै युनाइटेड प्रि–क्वाटरफाइनलमा

शुक्रबार, १२ फागुन २०७९, ०९ : ०३
शुक्रबार, १२ फागुन २०७९

म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्पेनिस क्लब बार्सिलोनालाई नकआउट चरणको प्ले अफको दोस्रो लेगमा बिहीबार राति २–१ ले हराउँदै समग्रमा ४–३ को जितसहित युनाइटेड अन्तिम १६ मा पुगेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको पहिलो लेगमा दुई टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

युनाइटेडको घरेलु मैदानमा खेलको १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

युनाइटेडका लागि खेलको ४७ औं मिनेटमा फ्रेडले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याए । खेलको ७३ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई २–१ को जित दिलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप