सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘जले जलोस् हिउँचुली सुकोस फेवाताल’ मा भागिरथ र गीताको रोमान्स

शुक्रबार, १२ फागुन २०७९, १३ : ०१
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । गीत संगीतको क्षेत्रमा राम्रो श्रृजना पस्किँदै आएका गायक भागिरथ चलाउनेको नयाँ गीत अर्काे ‘जलेजलोस् हिउँचुली सुकोस फेवाताल’ सार्वजनिक भएको छ । भागिरथकै शब्द, संगीत तथा स्वर रहेको गीतमा गायनमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । गीतमा एरेन्ज कृष्ण विक ‘भान्जा’ को रहेको छ । 

गीतको भिडियोमा गायक भागिरथ र मोडेल गीता ढुंगानाको रोमान्स देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा स्कुले प्रेम देखाउन खोजिएको छ । भिडियोमा नवराज उप्रेतीको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ ।

भागिरका यस अगाडि ‘थोपडाले धोका दियो बरिलै’, ‘फलाम पिटे तरवार’, ‘झमझम झुम्कना’, ‘रात हेर्दै टोलाउँछु’ लगायत गीतहरु चर्चित छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप