आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गुलरिया-मूर्तिया नाका सञ्चालनमा ल्याउन संसद सञ्जयकुमार गौतमको माग

शुक्रबार, १२ फागुन २०७९, १४ : २७
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका संसद सञ्जयकुमार गौतमले गुलरिया–मूर्तिया नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् । १४ वर्ष अघि नेपाल–भारतबीच सो नाका सञ्चालन गर्ने सहमति भएपनि त्यसको अझै कार्यान्वयनमा ल्याउन सरकार तयार नभएकोमा सांसद गौतमको आपत्ति छ । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बौल्दै उनले सो नाका सञ्चालनका लागि भारत सरकारसँग पनि आग्रह गरे । 

सांसद गौतमले छोटी भन्सारहरुको उचित व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । छोटी भन्सारलाई अस्तव्यस्त बनाएर सरकार आफैंले चोरी पैठारीलाई प्रश्रय दिएको आशंका समेत उनले व्यक्त गरे ।  

सांसद गौतमले अर्थतन्त्र कमजोर भइरहेका बेला भन्सार कार्यालयको व्यवस्थापन गर्न पनि सरकार गम्भीर नभएको भन्दै आपत्ति समेत जनाए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप