महासचिव र कोषाध्यक्षको बर्खास्तीको एजेन्डा थप्न माग राख्दै १२ सदस्यले एन्फामा दिए निवेदन
शुक्रबार, १२ फागुन २०७९, १६ : ५०
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव र कोषाध्यक्षको बर्खास्ती सहितको एजेन्डा थप्न माग राख्दै १२ सदस्यले एन्फामा दिए निवेदन दिएका छन् ।
शुक्रबार एन्फाका उपाध्यक्ष दिपक खतिवडा, दीर्घबहादुर केसी लगायतले एन्फामा निवेदन बुझएका हुन् । एन्फाका महासचिव किरण राइले निवेदन दर्ता भएको जानकारी दिए ।