आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्डसँग २ घण्टा वार्ता गरेर बालुवाटारबाट निस्किए ओली

शुक्रबार, १२ फागुन २०७९, १६ : ५९
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किएका छन् । प्रधानमन्त्री प्रचण्डसँग करिब २ घण्टा वार्ता गरेर अध्यक्ष ओली बालुवाटारबाट निस्केका हुन् ।

राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्न प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच करिव २ घण्टा छलफल भएपनि राष्ट्रपतिका विषयमा के कस्तो समझदारी भयो भन्ने विषयमा बाहिर सार्वजनिक भएको छैन । ओली बालुवाटारबाट निस्किएलगत्तै पुराना गठबन्धन शीर्ष नेताहरु छलफल गर्ने भएका छन् । राष्ट्रपतिका साझा उम्मेदवार तय गर्न पुराना गठबन्धनका नेताहरु बसेर फाइनल गर्ने बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप