आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एक चौथाई पनि सांसद नबसेपछि प्रतिनिधिसभा बैठक स्थगित

शुक्रबार, १२ फागुन २०७९, १८ : १०
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । गणपुरक संख्या नपुगेर प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । शुक्रबार बसेको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८ माथि सांसदहरुले धारणा राख्ने क्रममा सभाहल लगभग खाली अवस्थमा थियो । सांसद संख्या थोरै देखेपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सभामुखले बिधेयक निर्णयार्थ प्रस्तुत गर्न गणपुरक संख्या नभएको बताए । 

सांसद लेखकले सो कुरा उठाएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिका सचिवलाई ३ मिनेट घण्टी बजाएर संख्या एकिन गर्न निर्देशन दिए ।  सांसदहरुको गणना गर्दा एक चौथाई सांसद पनि सभाहलमा नरहेको पाइयो । गणपुरक अर्थात एक चौथाई सांसद ६९ जना हुनुपर्नेमा सो भन्दापनि १९ जना कम ५० जनामा मात्र भएकोले सभा स्थगित गरे । उनले अर्को बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप