आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

राज्यलाई थप अस्थिर बनाउने निर्णय भयो : एमाले

शुक्रबार, १२ फागुन २०७९, २० : २४
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ ।  सात दलले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णयसँगै नेकपा एमाले झस्किएको छ । 

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, माओवादी, एकीकृत  समाजवादी, जनता समाजवादी, लोसपा, जनमत नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको छलफलमा राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव पारित भएसँगै एमाले झस्किएको हो ।

एमालेले  यसलाई राजनीतिक दाउपेच भित्रको ‘छक्कापञ्जा’ को संज्ञा दिँदै नयाँ सहमतिले थप राजनीतिक अस्थिरता निम्तने जिकिर गरेको छ । 

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पुरानो गठबन्धन ब्युँताएर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार चयन हुनु राजनीतिक दाउपेच भित्रको छक्कापञ्जा भएको प्रतिक्रिया दिए । 

उनले रातोपाटीसँग भने,‘ यो निर्णय नेपाल राज्यलाई थप अस्थिर बनाउने निर्णय हो। यो निर्णय गरेर कतिपय नेताहरुले आफ्ना निम्ति राजनीति भनेको खाली दाउपेच, छक्कापन्जा र स्वार्थको लेनदेनको प्रमाणित गर्नुभएको छ। हामीले भोली बिहान संस्थागत निर्णयका लागि केन्द्रीय सचिवालयको बैठक बसेर निर्णय गार्छौं।’ 

उनले एमालेले पनि राष्ट्रपतिमा उम्मेदवारी दिने बताए। सचिवालयको बैठकबाट कसरी अगाडी बढ्नेबारे थप निर्णय गर्ने उनको भनाइ छ । 

पुस १० मा तत्कालीन कांग्रेस नेतृत्वको गठबन्धनलाई तुहाउन सफल एमाले ६१ दिनपछि गठबन्धन बचाइराख्न असफल भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप