आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिल्म ‘जय हो’ मा अभिनेत्री निशा अनुबन्धित

शनिबार, १३ फागुन २०७९, ११ : ००
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । शोभित बस्नेत प्रस्तुतकर्ता रहने फिल्म ‘जय हो’ मा अभिनेत्री निशा अधिकारी अनुबन्धित भएकी छन् । प्रस्तुतकर्ता बस्नेत र अभिनेत्री अधिकारीबीच अभिनय बिषयमा शुक्रबार सहमति भएको हो । निशा अभिनित पछिल्लो फिल्म ‘म’ गत साउनमा प्रदर्शनमा आएको थियो । अधिकारीले हालै मात्र फिल्म ‘आँखा’को छायांकन सकाएकी छन् ।
टेक पौरखी राईको निर्देशनमा बन्ने फिल्ममा यसअघि नै केकी अधिकारी, सलोन बस्नेत, अर्पण थापा र माओत्से गुरुङलगायतका कलाकार फाइनल भइसकेका छन् ।

फागुन २५ देखि फ्लोरमा जाने फिल्मको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ । सुरेश न्यौपानेको कथा रहने फिल्ममा सौरभ लामाको छायांकन र शम्भुजित बाँस्कोटाको संगीत रहनेछ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहने सिनेमालाई आगामी तिजमा रिलिज योजना निर्माण टिमको छ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको निर्माता राज के अधिकारी र सुरज सरकार हुन्। अधिकारी र सरकार जय हो विजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलियाका सञ्चालक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप