सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गायक हिमाल सागरको ‘मै राजा तिमी रानी’ मा मिस पवी

शनिबार, १३ फागुन २०७९, १२ : ०६
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । गायक हिमाल सागरको मै राजा तिमी रानी बोलको गीतको भिडियो रिलिज गरिएको छ । सन्तोष दाहालको शब्द तथा विशाल निरौलाको संगीत तथा एरेन्ज रहेको गीतमा पुष्कर खत्रीको मिक्स र मास्टरिङ रहेको छ ।  भिडियोमा हिमाल सागरसँग टिकटकबाट चर्चा कमाएकी मिस पवीको अभिनय देख्न सकिन्छ ।

एक सफल प्रेम कथालाई नजिकबाट रोमान्टिक शैलीमा देखाइएको भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् । उत्सब दाहालको छायांकन, मिन रावलको सम्पादन तथा  विकास दाहालको कलरिङ रहेको भिडियोको निर्माण शम्सेर श्रेष्ठले गरेका हुन् । धुलिखेल आसपासका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियो साईराम पिक्चर्सको युट्युब च्यानलबाट बजारमा आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप