मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रोनाल्डो र रामोशको पुनर्मिलनको तयारी

शनिबार, १३ फागुन २०७९, १२ : २१
शनिबार, १३ फागुन २०७९

मड्रिड । स्पेनको राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सर्जियो रामोशले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेसँगै उनको भविष्यको बारेमा चर्चा सुरु भएको छ । स्पेनिस डिफेन्डर हाल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग आबद्ध रहेका छन् । क्लबसँग उनको करार आगामी जुन ३० सम्म रहेको छ । यस्तोमा अन्तर्राष्ट्रिय पहुँच बढाइरहेको साउदी अरेबियाले उनलाई भित्र्याउने योजना बनाइरहेको स्पेनिस पत्रिका मार्काले आफ्नो समाचारमा उल्लेख गरेको छ । अल नासरले रामोशलाई क्रिस्टियानो रोनाल्डोसँगै खेलाउनका लागि उनीसँग सम्पर्क बढाएको पत्रिकाको दाबी छ ।

अल नासरले रामोश मात्र नभएर लुका मोड्रिचलाई पनि क्लबमा अनुबन्ध गर्ने सोच बनाएको छ । यद्यपि, क्रोएसियाली खेलाडीले उनको अहिलेको योजना अझै एक सिजन रियलकै लागि खेल्ने नै रहेको स्पष्ट पारिसकेका छन् । रामोश पनि हाल पीएसजीमा खुसी रहेका छन् । तर, चार महिनापछि करार नवीकरणको समयमा जे पनि हुनसक्ने आकलन गरिएको छ । अहिले फ्रेन्च क्लबको वातावरण त्यति सहज छैन । बायर्न विरुद्धको आगामी खेलले धेरै खेलाडीहरुको भविष्य तय गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप