आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अब प्रदेश सरकार झनै बलियो हुन्छः अध्यक्ष यादव

शनिबार, १३ फागुन २०७९, १६ : ५८
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी दिनमा प्रदेश सरकार झनै सशक्त भएर जाने बताएका छन् । शनिवार जनकपुर पुगेका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।  आफ्नो पार्टीले उपराष्ट्रपति पाउने सहमति भइसकेकाले सहमति अनुसार नै अघि बढ्ने बताए । 

उनले प्रदेश सरकार आगामी दिनमा स्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासनहरु प्रदेश सरकारले नै परिचालन गर्नेगरी अघि बढ्ने दाबी गरे । 
उनले भने, ‘काँग्रेसले राष्ट्रपति र हामीले उपराष्ट्रपति पाउने सहमति भएको छ । प्रदेश सरकार आउने दिनमा झनै बलियो हुन्छ, श्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासनहरु प्रदेश सरकारले नै परिचालन गर्नेगरी अघि बढ्छ ।’
अध्यक्ष यादवले सत्ता गठबन्धनान आएको बदलावले मधेस प्रदेशमा कुनै समस्या नआउने उनको दाबी छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप