सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खैरो हेरोइनसहित ३ जना पक्राउ

शनिबार, १३ फागुन २०७९, २१ : ००
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । प्रहरीले बाँकेको कोहलपुरबाट लागुऔषध (खैरो हेरोइन) सहित ३ जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित चप्परगौडीबाट ३ जनालाई पक्राउ गरिएको कोहलपुरका डीएसपी सुन्दर तिवारीले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा बर्दियाको बढैयाताल घर भएका २१ वर्षीय विशालसिंह ठकुरी, २८ वर्षीय बिक्रमसिंह ठकुरी र  कोहलपुर बस्ने १८ वर्षीय निर्जन ढकाल छन् । आरोपीहरुको साथबाट प्रहरीले ११६ ग्राम खैरो हेरोइन बरामद गरेको छ । विशालसिंह ठकुरीले ज्याकेट र मलद्वारमा लुकाएर हिँडेको अवस्थामा ११५ ग्राम ७८० मिलिग्राम बरामद गरिएको छ ।

निर्जन ढकालको साथमा २२० ग्राम ब्राउन सुगर फेला परेको छ । आरोपीहरुबारे अनुसन्धान भइरहेको डीएसपी तिवारीले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप