आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जाजरकोटमा शैक्षिक अवस्था सुधार्न भौतिक संरचना निर्माणमा तीव्र

आइतबार, १४ फागुन २०७९, ०८ : ०७
आइतबार, १४ फागुन २०७९

सुर्खेत । जाजरकोट कुशे गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्नका लागि यहाँ भौतिक संरचना निर्माणमा तीव्रता दिएको छ ।  खानेपानी, शौचालय र विद्यालय भवन निर्माण गरी विद्यार्थीहरू पढ्ने वातावरण सिर्जना गरिएको हो ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, पहाडी क्षेत्र विकास अभियानको सहयात्रा दोस्रो परियोजना र गाउँपालिकाको संयूक्त सहकार्यमा उक्त संरचना निर्माण गरिएको हो । बालबालिकाहरूलाई सुरक्षित वातावरणमा गुणस्तरिय शिक्षा दिनका लागि भौतिक संरचना निर्माणमा जोड दिई निर्माण गरिएको अभियानका वरिष्ठ कार्यक्रम संयोजक रत्नबहादुर डाँगीले जानकारी दिए । 

सन् २०१९ बाट सुरु भएको उक्त परियोजनाले सन् २०२२ सम्मा नयाँ ५ वटा विद्यालयका भवन निर्माण गरेको उनले जानकारी दिए । निर्माण भएका विद्यालयहरूमा वडा नम्बर ३ मा २ वटा , वडा नम्बर ५ मा १ वटा र वडा नम्बर ६ मा २ वटा रहेका छन् भने १७ वटा विद्यालय मर्मत गरी पढ्न योग्य बनाएको अभियानका शिक्षा संयोजक अरुण पाठकले जानकारी दिए ।

यसैगरी, पालिका भित्र व्यवस्थित , सुरक्षित र बालमैत्री शौचालय १७ वटा निर्माण गरिएको छ भने त्यस्तै विद्यालयमा बालमैत्री धाराहरू समेत समेत निर्माण गरिएको छ । पाठकका अनुसार २० वटा बालमैत्री धारा निर्माण गरिएको छ । 

विद्यालयको भित्री भाग मर्मत तथा व्यवस्थापन समेत गरिएको छ । विद्यार्थी बस्न योग्य बनाउनका लागि मर्मत तथा भित्री भाग व्यवस्थापनका लागि ६ वटा विद्यालयमा काम गरिएको उनले जानकारी दिए ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप