मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सिटीको सहज जित

आइतबार, १४ फागुन २०७९, ०९ : ३०
आइतबार, १४ फागुन २०७९

काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले बर्नमाउथमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले बर्नेमाउथलाई ४–१ गोल अन्तरले हराएको हो । बर्नमाउथको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन जुलियन आल्भारेज, अर्लिङ हालान्ड, फिल फोडेनले एक–एक गोल गरे ।

सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो । यता बर्नमाउथका लागि जेफर्सन लेर्माले एक गोल फर्काएका थिए । पहिलो हाफमा तीन गोल गरेको सिटीले दोस्रो हाफमा एक आत्मघाती गोल उपहार पाएको थियो ।

जितसँगै सिटीले २५ खेलमा ५५ अंक जोडेर दोस्रो स्थानमा छ । सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंक दुरी घटाएको छ । आर्सनलको ५७ अंक छ । पराजित बर्नेमाउथ २१ अंक जोडेर १९ औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप