मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नापोलीलाई १८ अंकको अग्रता

आइतबार, १४ फागुन २०७९, ०९ : ३४
आइतबार, १४ फागुन २०७९

काठमाडौं । नापोलीले इटालियन सिरी ए फुटबलमा १८ अंकको अग्रता लिएको छ । शनिबार राति भएको खेलमा शीर्ष स्थानको नापोलीले इम्पोलीलाई २–० गोल अन्तरले हराएको हो । नापोलीले दुबै गोल पहिलो हाफमा गरेको थियो । इम्पोलीका एड्रिन इस्माज्लीले आत्मघाती गोल गर्दा नापोलीले खेलको १७ औं मिनेटमा अग्रता बनाएको थियो ।

नापोलीका लागि खेलको २८ औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । खेलको ६७ औं मिनेटमा मारियो रुईले रातो कार्ड पाएपछि नापोली १० खेलाडीमा समेटिएको थियो । जितसँगै नापोलीले नापोलीले २४ खेलमा ६५ अंक जोडेर शीर्ष स्थानमा १८ अंकको अग्रता बनाएको छ । पराजित इम्पोली २८ अंक जोडेर १२ औं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप