मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपालले ओलम्पिकको एसियाली छनोटका खेलहरू घरेलु मैदानमा खेल्ने

आइतबार, १४ फागुन २०७९, ११ : २०
आइतबार, १४ फागुन २०७९

काठमाडौँ ।  नेपाल सन् २०२४ मा हुने पेरिस ओलम्पिकका लागि महिला ओलम्पिक फुटबलको एसियाली छनोटको पहिलो चरणको आयोजकका रूपमा पक्का भएको छ । नेपाल छनोटको समूह ‘सी’ मा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँगै परेको छ । एएफसीले नेपाललाई समूह ‘सी’ को आयोजक राष्ट्रको रूपमा पुष्टि गरेको छ । प्यालेस्टाइन प्रतियोगिताबाट बाहिरिएपछि नेपालले भियतनाम र अफगानिस्तानसँग मात्र खेल्नेछ ।

पहिलो चरणका खेलहरू अप्रिल ३ र ११ गते हुनेछन् । समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ । उत्तर कोरा, अस्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया यसअघि नै दोस्रो चरणको लागि छनोट भइसकेका छन् । प्रत्येक समूहको विजेता र उत्कृष्ट उपविजेता तेस्रो चरणमा पुग्ने टोलीलाई दोस्रो चरणमा तीन समूहमा विभाजन गरिनेछ ।

तेस्रो राउन्डबाट शीर्ष दुई टोलीले पेरिस ओलम्पिक २०२४ मा आफ्नो स्थान सुरक्षित गर्नेछन् । छनोटको तयारीमा नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले फेब्रुअरी १५ मा भएको पहिलो खेल २–२ गोलको बराबरीमा खेलेको थियो भने फेब्रुअरी १८ मा भएको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप