सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अनेसास शिखर पुरस्कारबाट श्रीसमगर पुरष्कृत

आइतबार, १४ फागुन २०७९, ११ : ५८
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरले ‘अनेसास शिखर पुरस्कार’बाट कवि गिरी श्रीस मगरलाई पुरस्कृत गरेको छ । 
मण्डला थिएटर काठमाडौँमा आयोजित एक कार्यक्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति कवि भूपाल राईले कवि गिरी श्रीसमगरलाई नगद ३३,३३३ रुपियाँ राशिसहित सो पुरस्कार प्रदान गरे । 

अनेसास कतार च्याप्टरका पूर्वअध्यक्ष रेगिस्तानी कवि तीर्थ सङ्गम राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको दोस्रो सत्रमा महेन्द्र थुलुङ राईले एकल वाचनसमेत गरेका थिए । 
सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय पूर्वअध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पारेका थिए । यो कार्यक्रम कतार च्याप्टर गल्फकै पहिलो र सक्रिय च्याप्टर भएको बताए । 

‘अनेसास शिखर पुरस्कार’बाट यसअअघि साहित्यकारहरू विनोद खड्का र बद्रीप्रसाद पराजुली पुरस्कृत भइसकेका छन् । कोभिड सुरु हुनुअगाडि २०७७ मा यो पुरस्कारको स्थापना गरिएको थियो । पुरस्कार समितिको संयोजकमा पूर्वअध्यक्ष प्रेमप्रसाद भट्टराई छन् । 
सो कार्यक्रमा कतार च्याप्टरकी उपाध्यक्ष कवि गीता कार्की, प्रा. मुनाराज शेर्मा, होम कार्की, दिनेश रेग्मी, आख्यानकार प्रगति राई, साहित्यकार डा. नवराज लम्साल, अनेसास न्युयोर्ककी सदस्य कवि नदिया लिवाङ, सखी प्रतिष्ठानकी अध्यक्ष एवं अनेसास नेपाल च्याप्टरकी सदस्य कवि मञ्जिला अनिल, नेपाल च्याप्टरका सदस्य साहित्यकार डी.आर. राई, सङ्गीतकार सन्तोष श्रेष्ठलगायतको उपस्थिति थियो ।

सोही अवसरमा अनेसास कतार च्याप्टरका संस्थापक संयोजक शिखर वैद्यका दाजु रमेशानन्द वैद्यले परिवारको तर्फबाट मन्तव्य राखेका थिए ।
कार्यक्रमको आयोजनाको लागि अनेसास कतार च्याप्टर, अनेसास शिखर पुरस्कार र सहकार्य नवोदित साहित्यिक वाचनालय कतार, सन्ध्या ग्रुप अलखोर कतारअन्तर्गत मुग्लानी सौगात त्रैमासिक पत्रिका रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप