सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डडेल्धुरामा चितुवाको हड्डीसहित दुई युवक पक्राउ

आइतबार, १४ फागुन २०७९, १२ : ४४
आइतबार, १४ फागुन २०७९

डडेल्धुरा । डडेल्धुरामा चितुवाको हड्डीसहित दुई युवक पक्राउ परेका छन् । प्रहरीले जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट शनिबार राति ४ किलो चितुवाको हड्डीसहित २ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका–१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका–७ बस्ने २७ वर्षीय बीरबहादुर वली रहेका छन् । सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चितुवाको हड्डी सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको छ । बरामद हड्डी र पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप