आइएमई पे बैंकसँग लिंक गर्दा १ सय रुपैयाँ बोनस
आइतबार, १४ फागुन २०७९, १३ : ११
काठमाडौँ । आइएमई पे ले पे विथ लिंक बैंक सुविधा थप गरेको छ । यो सेवा प्रयोग गर्ने सेवाग्राहीहरूले बैंक लिंक गरे बापत १०० रुपैयाँ बोनस र त्यसपछि प्रत्येक भुक्तानीमा क्यासब्यकका अतिरिक्त विभिन्न पुरस्कारहरू पनि प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको कम्पनीले जनाएको हो ।
टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, क्यूआर भुक्तानी एवम् क्यूएफएक्सको मुभी टिकटमा क्यासब्याकका साथै एयरलाइन्सको टिकट खरिदमा २ सय ५० देखि ७ सय रुपैयाँसम्मको क्यासब्याक बैंक लिंक गरी कारोबार गर्दा प्राप्त हुनेछ ।