सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
समाचार

लामो समयपछि काठमाडौँमा वर्षा

आइतबार, १४ फागुन २०७९, १५ : ४५
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । काठमाडौँमा आइतबार दिउँसो  हल्का वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहानै पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको हो ।  मौसमविद् शान्ति कँडेलका अनुसार लामो समय निरन्तर वर्षा नभएर हल्का वर्षाको सम्भावना मात्रै छ । ‘पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने देखिन्छ’, उनले भनिन्, ‘यो निरन्तर हुने अवस्था छैन । छिटपुट रुपमा कतै हुने र कतै नहुने देखिन्छ ।’

ktm-barsa (1)

यो प्रिमनसुनको समय भएकाले यस्तो खालको छिटपुट वर्षा हुने गरेको उनको भनाइ छ ।  लामो समयसम्म काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा वर्षा भएको थिएन । हिँउदो समयमा समेत वर्षा नहुँदा किसान मर्कामा परेका छन् ।

ktm-barsa (2)ktm-barsa (3)ktm-barsa (4)ktm-barsa (5)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप