सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मेडिकल काउन्सिलको सूचीबाट हटाइयो १४३ चिकित्सकको नाम

आइतबार, १४ फागुन २०७९, १६ : ३६
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको दर्ता सूचीबाट १४३ जना चिकित्सकको नाम हटाइएको छ । १४३ जना चिकित्सकको नक्कली प्रमाणपत्र प्रमाणित भएपछि उनीहरुको नाम दर्ता सूचीबाट हटाइएको हो । 

काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले मृत्यु र जाली प्रमाणपत्र प्रमाणित भएका चिकित्सकहरूको नाम दर्ता सूचीबाट हटाइएको बताए ।  यद्यपि दर्ता खारेजीमा परेका सबै चिकित्सको विवरण भने वेभसाइटमा राखिएको छ । हालसम्म मेडिकल काउन्सिलमा ३२ हजार २१८ जना चिकित्सकले नाम दर्ता गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप