सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काकाको हत्या गरेको आरोपमा एक युवक पक्राउ

आइतबार, १४ फागुन २०७९, १७ : ४४
आइतबार, १४ फागुन २०७९

जलेश्वर । आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या गरेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–३ मडैका ३० वर्षीय विजेन्द्र महरा छन् । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार गत आइतबार राति विजेन्द्रले ७० वर्षीय शिव महराको हत्या गरेका थिए । वृद्धभत्ता माग्दा नदिएपछि उनको चक्कु प्रहार गरेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।  घटनालगत्तै विजेन्द्र फरार भएका थिए । लुकिछिपी बस्दै आएका उनलाई आइतबार राति पक्राउ गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप