सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नाबालिगको तस्बिरमा अश्लील तस्बिर जोड्ने युवक पक्राउ

आइतबार, १४ फागुन २०७९, १८ : ०२
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । एक नाबालिगको तस्बिरमा अश्लील तस्बिरहरू जोडेर हैरान पार्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गाको सुनकोसी गाउँपालिका वडा नं ४ का २७ वर्षीय मुगाधन श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले सामाजिक सञ्जालको प्रोफाइलमा नाम र तस्बिर महिलाको राखेर ती नाबालिगलाई साथी बन्न अनुरोध पठाएका थिए ।नाबालिगले कोही माहिला साथी होला भनी अनुरोध स्वीकार गरी वार्तालाप गरेकी थिइन् । तर वार्तालापको क्रममा नाबालिगको प्रोफाइलबाट तस्बिरहरू डाउनलोड गरी सोही तस्बिरमा अन्य अश्लील तस्बिरहरू जोडी मेसेन्जर मार्फत पठाउन थालेका थिए ।

नाबालिगले सो कुरा अभिभावकलाई बताएपछि उनीहरूले अनुसन्धानको लागि साइबार ब्युरोमा निवेदन दिएका थिए । निवेदनपछि ब्युरोबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको सहयोगमा श्रेष्ठलाई पक्राउ गरेको थियो । श्रेष्ठलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट सात म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप