कटुवा पेस्तोलसहित युवक पक्राउ
आइतबार, १४ फागुन २०७९, २० : ०२
काठमाडौँ । धनुषाको जनकपुर उपमहानगरपालिका–१७ बाट प्रहरीले कटुवा पेस्तोलसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको हंसपुर–४ घर भएका २२ वर्षीय भरोस पासवान छन् ।
उप–महानगरपालिका स्थित तेतरिया बजारबाट भरासेलाई कटुवा पेस्तोल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आरोपीमाथि हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भइरहेको जिप्रका धनुषाका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिए ।