आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिसोदिया पक्राउ : आम आदमी पार्टीले भन्यो – तानाशाही, बिजेपीले भन्यो, ‘अर्को नम्बर केजरीवालको’

आइतबार, १४ फागुन २०७९, २१ : ३७
आइतबार, १४ फागुन २०७९

दिल्लीका उप मुख्यमन्त्री मनीष सिसोदियालाई सिबिआईले मदिरा नीतिको आरोपमा पक्राउ गरेको छ । सिबिआईले आइतबार बिहान मनिष सिसोदियालाई सोधपुछका लागि बोलाएको थियो । सिबिआईको कार्यालय पुग्नु अघि नै उनले आज उनलाई पक्राउ गर्न सकिने बताएका थिए । 

आम आदमी पार्टीले सिसोदियाको गिरफ्तारीलाई ‘तानाशाही’ बताएको छ र आइतबारको दिनलाई ‘लोकतन्त्रको कालो’ दिन बताएको छ ।

आम आदमी पार्टीका सांसद सञ्जय सिंहले ट्विटरमा लेखे, ‘सिसोदियाको गिरफ्तारी तानाशाहको चरम अवस्था हो । तपाईंहरुले एक राम्रा व्यक्ति र सर्वश्रेष्ठ शिक्षा मन्त्रीलाई पक्राउ गरेर राम्रो गर्नु भएन, मोदी जी । भगवानले पनि तपाईंलाई माफ गर्नु हुने छैन । एक दिन तपाईंको तानाशाहीको अन्त्य पक्कै हुनेछ मोदी जी ।’

यस्तै भारतीय जनता पार्टीले सिसोदिया पक्राउ पर्नु नै थिए भन्दै अर्को नम्बर मुख्यमन्त्री अरविन्द केजरीवालको भएको बताएको छ ।

भाजपा नेता कपिल मिश्राले एक ट्विट गरेर भने, ‘मैले सुरुदेखि नै भन्दै आएको थिएँ कि केजरीवाल, मनीष सिसोदिया र सत्येन्द्र जैन जेल जानेछन् । यीमध्ये दुईजना जेल गइसकेका छन्, अर्को नम्बर केजरीवालको हो ।’

अर्कोतर्फ, आम आदमी पार्टीले सिसोदियाको गिरफ्तारीलाई लोकतन्त्रको कालो दिन भनेको छ ।

एक ट्विट पार्टीले भन्यो, ‘लोकतन्त्रको लागि कालो दिन ! करोडौँ बालबालिकाको भविष्यलाई आकार दिने विश्वका सर्वश्रेष्ठ शिक्षा मन्त्री मनिष सिसोदियालाई बिजेपीको सिबिआईले झुटो मुद्दामा पक्राउ गर्यो । बिजेपीले यो गिरफ्तारी राजनीतिक द्वेषका कारण गरेको हो ।’

आम आदमी पार्टीका प्रवक्ता राघव चड्ढाले एक ट्विटमा भनेको छ, ‘जेलको ताल्चा टुट्नेछन् मनीष सिसोदिया छुट्नेछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप