मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चेल्सीलाई हराउँदै शीर्ष चारमा स्पर्सको सम्भावना कायमै

आइतबार, १४ फागुन २०७९, २१ : ५४
आइतबार, १४ फागुन २०७९

लण्डन । लण्डन डर्बीमा चेल्सीलाई हराउँदै टोटनहम हटस्पर्सले शीर्ष चारमा रहने आफ्नो सम्भावना कायमै राखेको छ । आइतबार राति भएको खेलमा स्पर्स २–० गोलले विजयी बनेको हो । ओलिभर स्किपले २० यार्ड टाढाबाट गोल गर्दै स्पर्सलाई अग्रता दिलाए भने ह्यारी केनले दोस्रो गोल गर्दै स्पर्सको जीत सुनिश्चित गरे । योसँगै केनले लगातार ९ सिजन सबै प्रतियोगितामा २० वा सोभन्दा बढी गोल गर्न सफल भएका छन् ।

उता, पराजयसँगै चेल्सीका प्रशिक्षक ग्राहम पोटरमाथि भने दबाब बढेको छ । चेल्सीले पछिल्ला १५ खेल मध्ये मात्र दुईवटा खेलमात्र जितेको छ भने च्याम्पियन्स लिग छनोटभन्दा १४ अंकले पछि परेको छ । २५ खेलपछि ४५ अंकसहित स्पर्स लिगको चौथो स्थानमा छ भने चेल्सी भने २४ खेलबाट ३१ अंकसहित लिगको १० औँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप