मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियालाई छैटौँ विश्वकप उपाधि

सोमबार, १५ फागुन २०७९, ०७ : ००
सोमबार, १५ फागुन २०७९

केपटाउन । दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै अस्ट्रेलियाले छैटौँपटक महिला टी–२० विश्वकपको उपाधि जितेको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सकेको हो ।

दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई चुनौती दिने प्रयास गरे पनि सुस्त सुरुवातपछि टोलीका ब्याटरहरु अस्ट्रेलियाको स्तरीय बलिङसामु संघर्ष गर्नुपरेको थियो । लाउरा वुल्भाडर्टले ६१ रन तथा क्लेई ट्रायोनले २५ रन बनाएपछि टोलीलाई जीतसम्म डोर्‍याउन सकेनन् । 

यसअघि प्लेयर अफ द म्याच घोषित बेथ मुनीको ७४ रनको मद्दतले अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । अस्ट्रेलियाको लगातार तेस्रो विश्वकप उपाधि हो । टोलीले पछिल्ला ७ प्रतियोगितामध्ये ६ वटामा उपाधि जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप