मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यू–१९ पुरुष विश्वकप एसिया छनोट : हङकङसँग खेल्दै नेपाल

सोमबार, १५ फागुन २०७९, ०८ : ०९
सोमबार, १५ फागुन २०७९

काठमाडौं ।  आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज (सोमबार) हङकङसँग खेल्दै छ ।

यूएईमा जारी रहेको प्रतियोगिताको लगातार दुई खेलमा सहज जित निकालेको नेपालले तेस्रो खेलमा हङकङको सामना गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार बिहान १०ः४५ बाट सुरु हुनेछ ।

नेपाल आजको खेलमा सहज जित निकाल्दै पहिलाको लयलाई कायम राख्न चाहन्छ । नेपाली टोली अहिले बलियो अवस्थामा छ । पहिलो र दोस्रो खेलमा नेपालले सहज जित निकालेका कारण नै आजको खेलमा सहज हुनेछ ।

नेपालले पहिलो खेलमा शुक्रबार सिंगापुरलाई र दोस्रो खेलमा शनिबार कुवेतलाई पराजित गरेको थियो । यता हङकङ भने दोस्रो जित निकाल्ने योजनामा हुनेछ । हङकङले पहिलो खेलमा कुवेतलाई हराएको थियो भने दोस्रो खेलमा यूएईसँग हार बेहोरेको थियो ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । चौथो खेलमा २८ तारिख मंगलबार मलेसियाको सामना गर्ने छ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप