सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

क–कसले पाए स्वास्थ्य सेवा पुरस्कार ?

सोमबार, १५ फागुन २०७९, १३ : १३
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा.प्रकाश क्षेत्रीले पाएका छन् । स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिने उक्त पुरस्कारबाट  पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका चिकित्सक डा.क्षेत्री सम्मानित भएका हुन् । उत्कृष्ट कार्यसम्पादन गरेवापत उनलाई १ लाख रुपैयाँ राशीसहित उक्त पुरस्कृत दिइएको हो । उता नारायणी अस्पातलकी अन्जना श्रेष्ठ पनि पुरस्कृत भएकी छन् ।

कोशी अस्पतालका गजेन्द्रप्रसाद यादव, उपचारात्मक सेवा महाशाखाका डा. पेमावती थापा, वैकल्पिक चिकित्सा विभागका डा. मुन कर्ण थापा पनि स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित भएका छन् । सो पुरस्कारको राशी ५०—५० हजार रुपैयाँ रहेको छ । उनीहरु सबैलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सम्मानित गरेका हुन् । हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाइने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप