मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी विश्वकप लिग–२

गुलशनले दिलाए नेपाललाई दोस्रो सफलता

सोमबार, १५ फागुन २०७९, १३ : ३६
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी पीएनजीविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ । 

नेपालका लागि गुलशन झाले दोस्रो विकेट लिएका हुन् । उनले १८ औं ओभरको पाँचौं बलमा किप्लिन दोरिगालाई क्याच आउट गरेका हुन् ।  दोरिगाले २९ रन बनाएर आउट भए । यसअघि नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप