मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

सोमबार, १५ फागुन २०७९, १६ : २०
सोमबार, १५ फागुन २०७९

काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित निकालेको छ ।

सोमबार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराएको हो ।

मलेका क्रिकेट मैदानमा भएको खेलमा हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि आकाश त्रिपाटीले अर्धशतक पूरा गरे । उनले ७१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा अविजित ५८ रन बनाए ।

त्यस्तै अविजित ३९ रन बनाउँदा अर्जुन कुमाल १६ रनको योगदान गरे ।

यसअघि पहिले ब्याटिङ गरेको हङकङले ४६ ओभर ३ बलमा अलआउट हुँदै १२० रन बनाएको थियो ।

हङकङका लागि पर्थ भागवात ३६ रन बनाएका थिए । त्यस्तै मोहम्मद जाहिरले २९ रन बनाउँदा अहान त्रिवेदीले ११ रन बनाउँदा हङकङका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि हेमन्त धामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै आकाश चन्द र सुवास भण्डारीले समान दुई÷दुई विकेट लिँदा दीपेश कंडेलले एक विकेट लिए ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।

नेपालले अब चौथो खेलमा २८ तारिख मलेसियाको सामना गर्ने छ ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप