मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश प्रमुख गुरूङले प्रदेशसभालाई सम्बोधन गर्ने

सोमबार, १५ फागुन २०७९, १७ : ०१
सोमबार, १५ फागुन २०७९

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा सम्बोधन गर्ने भएका छन् ।  फागुन १७ गते बस्ने प्रदेश सभालाई प्रमुख गुरूङले सम्बोधन गर्ने तालिका रहेको सभाका प्रवक्ता सचिव प्रेम सुवेदीले बताए । यसका लागि दिउँसो २ बजे प्रदेश सभा बैठक बस्दैछ । १७ गतेको सम्बोधन प्रदेश प्रमुख गुरूङको यो अधिवेशनको पहिलो हो । 

संविधानको धारा १८४ बमोजिम प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भ भएपछि प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नसक्ने प्रावधान छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप