आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कसैले लुकेर हेरिरहेको पनि तपाईँलाई कसरी थाहा हुन्छ ?

मङ्गलबार, १६ फागुन २०७९, १३ : ५२
मङ्गलबार, १६ फागुन २०७९

मस्तिष्कका १० विभिन्न भागहरू मानव साइटसँग जोडिएका छन् । यसमा भिजुअल कोर्टेक्स मुख्य हो । यो मस्तिष्कको पछाडिको ठुलो भाग हो, जसले हेर्न मद्दत गर्छ । अमिग्डेलाले पनि त्यस्तै काम गर्छ तर यसको प्रमुख काम हेर्नु हो अर्थात् ‘गेज’ लाई प्रोसेस र डिटेक्ट गर्नु । कसैले हेर्दा खतरा महसुस हुन्छ भने मानिस तुरुन्त अलर्ट हुने गर्छ । यहाँसम्म कि हाम्रो वरिपरि भएका मानिसहरूको नजर यताबाट उता घुम्छ भने पनि हाम्रो आँखाले त्यसलाई पछ्याउने गर्छ ।

बच्चाले पनि आँखाको क्रियाकलाप बुझ्न थाल्छन्

वयस्क मात्रै होइनन्, नवजातमा पनि गेज डिटेक्सन देखिन्छ । साइन्स डायरेक्टमा इन्फेन्ट बिहेवियर एन्ड डेभलपमेन्ट नामको शोधमा आँखा घुमेको वा कसैले हेरेको थाहा पाउनुलाई मानवीय विकासको महत्त्वपूर्ण हिस्सा मानियो जुन पाँच दिनको शिशुमा समेत देखिन्छ । उनीहरुले पनि आँखाको घुमाइलाई बुझ्न थाल्छन् ।

नहेरीकनै कसरी थाहा हुन्छ ?

कसैले घुरिरहेको कुरा हामीले नहेरीकनै पनि थाहा पाउँछौँ । गेज डिटेक्सन वा गेज परसेप्सनको पछाडि पूरा विज्ञान छ । वास्तवमा मानिसको आँखा अन्य पशु–पक्षीभन्दा नितान्त फरक छ । आँखाको नानी, जसलाई प्युपिल भनिन्छ, को वरिपरिको सेतो हिस्सा स्केलेरा निकै ठुलो हुन्छ । यो यति फैलिएको हुन्छ कि यदि आँखाको नानी कुनै पनि दिशामा घुमे, खुम्चिए वा तन्किए वा कुनै पनि परिवर्तन भए, सेतो हिस्साका कारण यो निकै सजिलै पकडमा आउनेछ । यस्तै, अन्य पशुमा नानीले नै धेरै स्थान ओगट्ने गर्छ जबकि स्केलेराका लागि निकै कम स्थान हुन्छ । सिकारी जनावरहरूले कुनै सङ्केत नै नदिई आफ्नो सिकार समात्न सकुन् भनेर यस्तो भएको हुनुपर्छ ।

मस्तिष्कले इशारा दिन्छ

यो त हामी कसैको आँखा र त्यसमा भइरहेको परिवर्तनलाई सिधा रूपमा हेर्न सकिरहेका बेलाको कुरा हो । तर, कसैले हामीलाई हेरिरहेको छ भनेर नदेखीकनै पनि कसरी थाहा हुन्छ ? यस पछाडिको सिधा कारण वैज्ञानिक एमिग्डेलालाई मान्छन् । वैज्ञानिकका अनुसार हाम्रो दिमागले लगातार हामीलाई कुनै खतराका लागि सचेत गराइरहेको हुन्छ । गेज डिटेक्सन त्यसैको हिस्सा हो । अध्ययनले यो पनि विश्वास गर्छ कि आँखाको परिधिको लामो दायरामा शरीरको चालको आधारमा मात्रै पनि कसैको आँखा हामी माथि छ भनेर पत्ता लगाउन सकिन्छ ।

करेन्ट बायोलोजीमा सन् २०१३ मा छापिएको एक अध्ययनले के दाबी गर्छ भने मानिस जति बेला पनि डराइरहेको हुन्छ त्यसैले कसैले उनीहरूलाई हेरिरहेको छ नै भनेर उनीहरू मान्छन् । Human have expectation that gaze is directed towards them नाममा प्रकाशित एक अध्ययनमा भनिएको छ – कसैले हामीलाई हेरिरहेको छ, यो थाहा पाउनुमा कुनै विज्ञान वा छैटौँ इन्द्रिय नभई मानवीय डर जिम्मेवार हुन्छ । ‘यदि आसपास कोही छन् भने हामी मान्छौँ कि उनीहरुले हामीलाई हेरिरहेका होलान् तर धेरैजसो यस्तो भइरहेको पनि हुन्छ ,’ उक्त अध्ययनमा भनिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप