मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मलेसियामाथि नेपालको सानदार जीत

मङ्गलबार, १६ फागुन २०७९, १४ : ४९
मङ्गलबार, १६ फागुन २०७९

काठमा‌डौँ । आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा नेपालले लगातार चौथो जित हात पारेको छ ।

मंगलबार यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा जीत हासिल गरेको हो । 

कुनै विकेट नगुमाई नेपालले सानदार जीत निकालेको हो । 

नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाएका हुन् । दीपकले २९ बलमा ८ चौकासहित ३८ रन बनाएका हुन् भने अर्जुन २५ बलमा ३ चौकाको मद्दतले २१ रन बनाएका थिए । नेपालले मलेसियाबाट अतिरिक्त १४ रन पाएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३५।३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन मात्र जोडेको थियो ।

नेपाल ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । अब नेपाल र युएईबीच बिहीबार प्रतिस्पर्धा हुनेछ । 

६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप