आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्तनपान कक्ष बनाउँदै संघीय संसद् सचिवालय

मङ्गलबार, १६ फागुन २०७९, १५ : ४७
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौँ । संघीय संसद् सचिवालयले महिला सांसदहरूको सहजताका लागि स्तनपान कक्षको व्यवस्था गर्न लागेको छ । संघीय संसद् सचिवालय सिंहदरबार र संसद् भवन नयाँ बानेश्वरमा सो कक्ष बनाउन लागेको हो । 

साना बच्चा भएका महिला सांसदहरुलाई स्तनपान गराउन समस्या भएको बुझेपछि सिंहदरबार र बानेश्वरमा स्तनपान कक्ष बनाउन लागेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । 

तातोपानी, बेड लगायतका सुविधायुक्त कक्ष बनाउनका लागि उपयुक्त कोठा छनौट गरेर तत्काल यो काम गर्न लागेको उनले बताए । 

स्तनपान कक्ष नहुँदा महिला सांसदलाई समस्या परेको, गाडीमा बसेर स्तनपान गराउनुपरेको समस्या आएपछि सचिवालयले महिला सांसदका लागि यो सुविधा व्यवस्था गर्न लागेको हो । 

संसदमा भवन भवन बानेश्वरमा हुने बैठक तथा संसद् सचिवालयमा हुने संसदीय समिति लगायतको बैठकमा लामो समय भाग लिँदा बच्चालाई स्तनपान गराउन महिला सांसदहरुले समस्या भोग्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप