सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

घरमै कसरी गर्ने झाडापखालाको उपचार ?

मङ्गलबार, १६ फागुन २०७९, १७ : ००
मङ्गलबार, १६ फागुन २०७९

 काठमाडौँ । गर्मी सुरु भएसँगै झाडापखाला, हैजा लगायतका रोगहरूले सताउने गर्छ । यस्ता सरुवा रोग फैलन नदिनका लागि सावधानी र सतर्कता अपनाउन जरुरी हुन्छ । 

चिकित्सकहरूका अनुसार स्तनपान नगराई बोतलको दूध खुवाइएको बच्चाहरू, कुपोषित बालबालिका, दूषित खाना र पानी खाँदा र व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा झाडा पखालाको उच्च जोखिम हुन्छ । 

 झाडापखाला लाग्दा पेट दुख्ने, बान्ता हुने, पातलो दिसा आउने लगायतका लक्षणहरू देखिन्छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यस्तो अवस्थामा घरैमा झाडापखालाको उपचार गर्न सकिन्छ ।

घरैमा उपचार गर्ने ५ नियम

–झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खुवाउने 

–प्रशस्त मात्रामा सफा तथा झोल कुराहरू पटक पटक खान दिने

–नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै गरी पटक पटक खुवाइरहने

–स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार औषधिको मात्रा नबिराईकन खुवाउने

–व्यक्तिगत सरसफाइमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खाने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप