डाबर नेपालद्वारा किओचलाई ३० लाख रुपैयाँ सहयोग
मङ्गलबार, १६ फागुन २०७९, १८ : ५१
काठमाडौँ । डाबर नेपालले काठमाडौँ बाल स्वास्थ्य संस्थान (किओच) लाई ३० लाख रुपैयाँ सहयोग गरेको छ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पुर्याउने उद्देश्यसहित गुणस्तरीय बाल चिकित्सा हेरचाह उपलब्ध गराउन डाबर नेपालले सो सहयोग गरेको हो ।
उक्त रकम डाबर नेपालकी अध्यक्ष तथा प्रबन्ध निर्देशक ईश्वरी राणा र बिजनेस हेड एच. एस. बेदीले संस्थानका संस्थापक अध्यक्ष डा. भगवान् कोइरालालाई डाबर नेपालको प्राङ्गणमा आयोजित एक समारोहबीच हस्तान्तरण गरेका थिए ।