आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इटालीमा डुङ्गा दुर्घटना हुँदा ६३ जना आप्रवासीको मृत्यु

मङ्गलबार, १६ फागुन २०७९, १९ : १७
मङ्गलबार, १६ फागुन २०७९

 इटाली । इटालीको दक्षिणी तटमा आइतबार भएको डुङ्गा दुर्घटनामा ६३ जना आप्रवासीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् । उक्त दुर्घटनामा कम्तीमा आठ जना बालबालिकाको ज्यान गएको थियो । 

मध्य समुद्रमा आँधीबेहरीका बीच काठको डुङ्गा फुटेर उक्त दुर्घटना भएको थियो । असी जनाको जीवितै उद्धार गरिएको थियो । एक सय ७० जना बोकेर टर्कीको समुद्रबाट डुङ्गामा उनीहरू इटालीको समुद्री तटमा पुगेका थिए । दुर्घटनाग्रस्त डुङ्गामा धेरै जना पौडिन नजान्ने थिए । 

तट रक्षक, गोताखोर, सुरक्षाकर्मीलगायत खोज तथा उद्धारमा जुटेका छन् । दुईवटा हेलिकप्टर पनि खोजमा परिचालन गरिएको छ । दक्षिणी सहर क्रोटोनको खेलमैदानमा मृतकहरूको पहिचानका लागि शव राखिएको छ । सरकारी अधिकारीले मृतकका आफन्तहरूलाई दुर्घटनामा परेका प्रियजनको विवरण उपलब्ध गराउन आग्रह गरेका छन् । उनीहरूले खोज तथा उद्धारमा विलम्ब गरिएको आरोपको खण्डन गरेका छन् । (रासस/एपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप