आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

न्याय सम्पादनपूर्व विस्तृत बहस आवश्यक छ : महान्यायाधिवक्ता पोखरेल

बुधबार, १७ फागुन २०७९, १० : ४३
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले अदालतबाट हुने न्याय सम्पादनपूर्व विस्तृत बहसको आवश्यकता रहेको बताएका छन् । 

कानुन व्यवसायी क्लब काठमाडौँ तथा शङ्करलाल केडिया फाउन्डेसनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतबाट हुने न्यायलाई कानुन विद्यालयमा अध्ययन गराउन योग्य किसिमबाट न्याय सम्पादन गर्न जरुरी रहेको बताए । उनले विद्यालयहरूमा प्रोफेसरहरूले अध्ययन गराउँदा गरेका प्रतिक्रियाहरूबाट न्यायाधीशहरुले आफूले गरेको निर्णयको पुनरावलोकन गर्ने गरेको उल्लेख गर्दै त्यसै किसिमबाट नेपालमा पनि न्याय सम्पादन हुन जरुरी रहेको बताए । 

महान्यायाधिवक्ता पोखरेलले छिमेकी देश भारमा न्याय सम्पादन गर्दा कुनै विषयमा एक वरिष्ठ अधिवक्ताले निरन्तर २१ दिनसम्म बहस गर्ने र त्यसका आधारमा मात्रै न्यायाधीशहरुले फैसला गर्ने गरेको स्मरण गर्दै त्यस्ता नजिरहरूलाई ध्यानमा राखेर न्याय सम्पादन गर्नुपर्ने बताए । 

सो अवसरमा कानुन व्यवसायी क्लब काठमाडौँ तथा शङ्करलाल केडिया फाउण्डेशनले न्याय सम्पादनको क्षेत्रमा अब्बल कानुन व्यवासायीहरुलाई सम्मान गरेको थियो । 

न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप