आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

१८ दिन पर धकेलियो प्रतिनिधिसभाको बैठक, अर्को बैठक चैत ५ गते बस्ने

बुधबार, १७ फागुन २०७९, ११ : २७
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मका लागि सारिएको छ । सभामुख देवराज घिमिरेको आग्रहमा आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको संघीय संसद सचिवालयले जनाएको छ ।

आज दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण सो समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले सभाको बैठक चैत ५ गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।

samsad
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप