सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धनुषामा प्रहरीको भ्यानबाट भागेका थुनुवा पक्राउ

बुधबार, १७ फागुन २०७९, ११ : ३३
बुधबार, १७ फागुन २०७९

जनकपुरधाम । धनुषामा प्रहरीको भ्यानबाट भागेका थुनुवा पक्राउ परेका छन् । आइतबार साँझ जिल्ला अदालत धनुषाबाट म्याद थप गराई ईलाका प्रहरी कार्यालय सबैला लगिरहेको बेला बलात्कार मुद्दाका आरोपी सबैला नगरपालिका–१३ का २८ वर्षीय राजाबाबु मुखिया फरार भएका थिए ।

प्रहरीको गाडीबाट हाम फालेर भागेका मुखियालाई नेपाल भारतको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको प्रहरीले बताएको हो ।

जनकपुरबाट फर्किँदै गर्दा थुनुवा मुखिया प्रहरीको गाडीबाट कमला नहरमा हाम फालेर भागेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप