आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोमालाई स्तब्ध बनाउँदै लिगमा क्रेमोनेसेको पहिलो जीत

बुधबार, १७ फागुन २०७९, १३ : १०
बुधबार, १७ फागुन २०७९

रोम । एएस रोमालाई हराउँदै क्रेमोनेसेले इटालियन सिरिए एको यो सिजनमा पहिलो जीत हासिल गरेको छ । योसँगै वेस्ल टोली एयरबस युके युरोपको पहिलो डिभिजनको लिगमा यो सिजन जीत हासिल गर्न बाँकी एक मात्र टोली बनेको छ ।

मंगलबार राति भएको खेलमा क्रेमोनेसे २–१ गोलले विजयी बन्यो । फ्रांक साजोटले गोल गर्दै क्रेमोनेसेलाई अग्रता दिलाएका थिए तर लियोनार्डो स्पिनाजोलाले बराबरी गोल फर्काएका थिए । खेलको अन्त्यतिर ड्यानियल सियोफानीले पेनाल्टीबाट गोल गर्दैक्रेमोनेसेलाई ऐतिहासिक जीत दिलाए ।

क्रेमोनेसे यसअघि लिगका ३० खेलमा जीतविहीन रहेको थियो । सन् १९९५–९६ मा पछिल्लो समय टोली इटालीको पहिलो डिभिजनमा रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप