आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधिसभा बैठक सर्‍यो : प्रवक्ता गिरी

बुधबार, १७ फागुन २०७९, १६ : ३५
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । संघीय संसद् सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभाको बैठक पछि सार्नुपरेको बताएको छ ।

प्रतिनिधि सभाको १४ औँ बैठक बुधबार दिउँसो १ बजे बस्ने कार्यसूची थियो । तर संघीय संसद् सचिवालयले सूचना टाँस गरी आगामी चैत्र ५ गते आइतबार दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएको छ । 

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कारण बैठक पर सार्नुपरेको बताए । उनले सभामुख देवराज घिमिरे इन्टर पार्लियामेण्ट्री युनियन (आईपियु) को बैठकमा भाग लिन आगामी फागुन २६ गते बहराइन जाने कार्यक्रम रहेकाले पनि बैठक पछि सारिएको बताए । 

प्रवक्ता गिरीले लगत्तै फागु पूर्णिमा, नारी दिवस लगायतका दिनहरू परेकाले पनि बैठक तत्कालै राख्न नसकिने अवस्था रहेको उल्लेख गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप