मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मछिन्द्रलाई केपी ओली कपको उपाधि

बुधबार, १७ फागुन २०७९, १९ : २५
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । मछिन्द्र फुटबल क्लबले केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

दशरथ रंगशालामा बुधबार भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो ।

खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

उपाधिसँगै मछिन्द्रले १० लाख नगद प्राप्त गरेको छ । उपविजेता सातदोबाटोले ५ लाख नगद प्राप्त गरेको छ ।

पेनाल्टीमा मछिन्द्रका रंजित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा नुरेन करिमले गोल गरे  ।

सातदोबाटोका निरज चौधरी, दिपेन राज सिंह र एक राज बुढाथोकीले गोल गरे ।

सातदोबाटोका अब्दुल अबुबकारीको प्रहार मछिन्द्रले बचायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप