सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जाजरकोटमा लघु वित्तका कर्मचारीलाई लुटेको आरोपमा ६ जना पक्राउ

बुधबार, १७ फागुन २०७९, २० : ४६
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । जाजरकोटमा लघुवित्तका कर्मचारीलाई लुटेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मंगलबार जाजरकोटको भेरी नगरपालिका–११ मा एनआइसी एसिया लघु वित्तका कर्मचारी गोपाल उपाध्याय लुटिएका थिए । अज्ञात समूहले उनको साथमा भएको ५ लाख नगद, मोबाइल र कागजात लुटेर भागेका थिए ।

लुटमा संलग्नहरुलाई पक्राउ गरिएको जाजरकोटका डीएसपी सन्तोष रोकाले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा विराजन शाही, लोकेन्द्र विक, कर्णबहादुर सार्की, बलबहादुर मल्ल,  दिपेन्द्र सिंह र वीरबहादुर नेपाली छन् ।

पक्राउ परेकामध्येका बल बहादुर मल्ल नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अगुवा कार्यकर्ता रहेको थाहा भएको छ । मल्ल डोल्पा र जाजरकोटको इन्चार्ज हुन् । विराजन जाजरकोट जिल्लाको सेक्रेटरी रहेको थाहा भएको छ ।

मंगलबार दिउँसो ३ बजे लुटपाटपछि उनीहरुले उपाध्यायलाई कालोमोसो दलेका थिए । आरोपीहरु बिरुद्ध प्रहरीले डाँकाचोरी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप