आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुसको जङ्गलमा प्रेमिकासँग बसिरहेका छन् पुटिन : जिमनास्ट एलिना कबाइबाका लागि बनाए यस्तो महल

बिहीबार, १८ फागुन २०७९, १२ : १०
बिहीबार, १८ फागुन २०७९

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नी जिम्नास्ट प्रेमिका एलिना कबाइबासँग  सन्तानसहित रुसको जङ्गलमा निकै विलासी जीवन बिताइरहेको  एक नयाँ अनुसन्धानले दाबी गरेको छ ।

प्रोएक्ट इन्डिपेन्डेन्ट मिडिया ग्रुपमा प्रकाशित एक रिपोर्टले भाल्डाईस्थित जङ्गलमा उनीहरुको गोप्य जीवनबारे जानकारी दिइएको छ । कबाइबाको निजी काठको महल मस्कोको उत्तर–पश्चिमबाट २५० माइल टाढा छ ।

बच्चाहरू नाबालिग छन् त्यसैले प्रोएक्टले रसियाली राष्ट्रपतिको उत्तराधिकारीबारे जानकारी दिएको छैन । उनीहरुको सङ्ख्या र लिङ्ग पनि गोप्य राखिएको छ ।

‘यद्यपि, उनीहरू कहाँ लुकिरहेका छन् भनेर जानकारी भने दिँदै छौँ,’ उक्त प्रकाशनले भनेको छ ।

७० वर्षका पुटिन र ३९ वर्षका कबाइबाका थुप्रै सन्तान छन् भनेर यसअघि जानकारी दिइएको थियो ।

यद्यपि, उनीहरूबारे कहीँ कतै केही जानकारी उपलब्ध छैन । यस्तै, पूर्व ओलम्पिक खेलाडीले आफू भ्लादिमिरसँगको सम्बन्धमा रहेको स्वीकारसमेत गरेकी छैनन् ।

‘यो अनुसन्धानको क्रममा प्रोएक्टका पत्रकारले रसियाली राष्ट्रपति र उनकी प्रेमिकाबीचको सम्बन्ध र यी दुईले आफ्नो महल बनाउने क्रममा मध्यकालीन इतिहासका पुस्तकहरूको नक्कल गरेको देखिएको छ ।’

पुटिन र उनकी प्रेमिकाको सम्पत्ति र महलको  विवरण कहीँ कतै नभेटिएपछि यो अथाह भएको धेरैले दाबी गरेका छन् ।

नयाँ तस्बिरमा पुटिन लुकिरहेको महललाई पहिलो पटक देखिएको छ ।

सत्तामा आएपछि पुटिनले भाल्दाइ नामको महल बनाए । यो भवनलाई एफएसओ सेक्युरिटीले सुरक्षा दिन्छ । 

‘सन् २०१३ मा पुटिनले पूर्व फर्स्ट लेडी ल्युडमिलासँग आधिकारिक रूपमा सम्बन्ध विच्छेद गरे । तर उनलाई भाल्दाई सधैँ मन परिरह्यो । गोल्डेन हाउस नाम दिइएको यो घरमा नै उनले आफ्नी नयाँ प्रेमिका (कबाइबा) लाई पहिलो पटक ल्याए ।’

रिपोर्टमा भनिएको छ, ‘तर पछि उनले कबाइबा र उनका छोराछोरीका लागि काठको नयाँ महल बनाए । यो गोल्डेन हाउसभन्दा ८०० मिटर टाढा छ । यो घर सन् २०२० देखि बनाउन सुरु गरिएको हो ।’

यहाँ हेरौँ घरभित्रका केही तस्बिर

putinputin1putin2putin3putin4putin5putin6putin7putin8putin9

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप