मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यूएईविरुद्ध कप्तान देव खनालको अर्धशतक

बिहीबार, १८ फागुन २०७९, १२ : २८
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा युएईविरुद्ध नेपालका कप्तान देव खनालले अर्धशतक बनाएका छन् । 

आजमानमा रहेको इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि देवले २६ औं ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन् । 

देवले ७५ बल खेल्दै ३ चौका र १ छक्कामा अर्धशतक बनाए । समग्रमा ५१ रन बनाएर खनाल आउट भएका छन् । 

आजको खेल नेपालका लागि निर्णायक छ । आजको खेलमा नेपालले जित निकाल्न सकेमा सन् २०२४ मा श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप